समाजवादीको कम्तिमा ६ मन्त्री र उपसभामुख, आगामी साता मन्त्रिमण्डल बिस्तार हुने

डिसी नेपाल
२६ भदौ २०७८ १९:३१
240
Shares

काठमाडौैं । मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको आलोचाना खेपीरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बुधबारभित्र मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन्। गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डाबारे सहमति भएपछि उक्त सम्भावना बढेको हो ।

हिजो बालुवाटारमा भएको सहमतिमा नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालय र ६ जना मन्त्रीको जिम्मेवारी पाउने भएको छ । संघीय मन्त्रिपरिषद्मा २२ वटा मन्त्रालय र ३ वटा राज्यमन्त्री गरेर बढीमा २५ जनाको क्याबिनेट बनाउन सकिन्छ । अथवा २५ जना नै मन्त्री बनाउन पनि सकिने कानुनी व्यवस्था छ ।

छलफलमा नेकपा एकीकृत समाजवादीलाई ७ वटा मन्त्रालय दिनेसम्मको चर्चा भएको बताइन्छ । बैठकमा यसबीच नेकपा एकीकृत समाजवादी दल गठन नभएको भए हालको सरकारको कल्पना पनि सम्भव नभएकाले उसलाई ७ वटा मन्त्रालयको जिम्मेवारी दिनुपर्ने आशयले कुरो उठेको बताइन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.