सरकारले घण्टाघर भत्काउन मात्र सक्छ,बनाउन सक्दैनः ओली
काठमाडौं। आइतवार बसेको एमाले संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले घण्टाघर भत्काउन मात्र सक्ने तर बनाउन नसक्ने दावी गरेका छन्।
बैठकलाई सम्वोधन गर्दै उनले भने,‘बनाउन चाहिँ के गर्छ कुन्नी, घण्टाघर भत्काउने कुरा चाहिँ लगभग लगभग घोषणा भएको देखिन्छ।’
राणाकालीन समयमा बनेका त्रिचन्द्र क्याम्पस अहिले जिर्ण बनेको छ।
जिर्ण क्याम्पस पुर्नःनिर्माण गर्न विभिन्न सरोकारबाला निकाय र विद्यार्थीहरु केही महिना यता आन्दोलन र दवाव दिदैँ आएका थिए।सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत ओली सरकारको बजेटमा गरेको संशोधनमा घण्टाघर र त्रिचन्द कलेजलाई पुरानै स्वरूपमा पुर्ननिर्माण गर्ने उल्लेख गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment