एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

डिसी नेपाल
२७ भदौ २०७८ १५:११
88
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आज १ बजे सुरु भएको बैठकमा एमालेले पटक पटक अपरोध गरेपछि अन्ततः सभामुखले बैठक पर्सी भदौ २९ गते मंगलबारसम्मका लागि स्थगित गरेका हुन् ।

नेकपा एमालेले आज पनि बैठक सुरु हुनासाथ अवरोध गर्न सुरु गरेको थियो । एमाले सांसदहरुले नारावाजी गरेर संसद अवरोध गरेका हुन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

नारावाजीका कारण संसद चल्न नसकेपछि पहिले सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, १५ मिनेटपछि फेरि सुरु भएको बैठकमा एमाले सांसदहरुले अवरोध जारी राखेपछि अन्ततः सभामुखले पर्सी मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.