एमालेले सभामुखलाई भन्यो ‘१४ जनालाई कारवाही गरेको सूचना टाँस्नुस् वा बाटो छोड्नुस्’
काठमाडौं। नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटालाई आफूले कारवाही गरेका १४ जना सांसदहरुलाई कारवाही गर्न वा बाटो छोडिदिन भनेको छ । आज सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने जानकारी दिने क्रममा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई यस्तो सुझाव दिएका हुन् ।
भदौ २३ गते सुरु भएको संसद अधिवेशनलाई लगातार एमालेले अवराध गरेपछि त्यो विवादको समाधान खोज्न भन्दै सभामुख सापकोटाले आजलाई सर्वदलीय बैठक बोलाएका थिए । तर, एमालेका प्रमुख सचेतक भट्टराईले सभामुखलाई फोन गरेर बैठकमा एमाले सहभागी नहुने बताएका छन् । एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारवाही गर्न आनाकानी गरेर सभामुख सापकोटाले एमालेलाई विभाजन गर्न सहयोग गरी असंवैधानिक काम गरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।
एमालेले माधव नेपालसहितका १४ जना सांसदलाई पार्टीको साधारण सदस्यबाटै निष्काशित गरेर उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्न संसद सचिवालयलाई पत्राचार गरेको थियो । तर, सभामुख सापकोटाले लामो समयसम्म एमालेको पत्रलाई अनिर्णित अवस्थामा राखेका थिए । पछि माधव नेपालले दर्ता गरेको अर्को दल नेकपा एकीकृत समाजवादीले मान्यता पाइसकेपछि मात्रै सभामुखले अर्को दल दर्ता भइसकेकोले एमालेले पठाएको पत्रमा कारवाही गर्नु नपर्ने निर्णय गरेका थिए ।







डिसी नेपाल








Facebook Comment