बाघको आक्रमणमा परी भारतीय नागरिककाे मृत्यु

डिसी नेपाल
२९ भदौ २०७८ १४:५१
156
Shares

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ। बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको पूर्वपश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आज बिहान करिब ८ बजेतिर आक्रमण गर्दा ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुने भारतीय पुरुष नाम थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए। परीक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जमा शव लगिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *