६ किलो गाँजासहित श्रीवास्तव पक्राउ

डिसी नेपाल
२९ भदौ २०७८ २०:०४

काठमाण्डौं । ६ किलो लागुऔषध गाँजासहित वीरगञ्जमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज भन्सारको बाटो भएर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ६ किलो लागुऔषध गाँजासहित बारा जितपुर सिमरा उप—महानगरपालिका वडा नम्बर ७ बस्ने १८ वर्षे पवन कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्यबाट भारततर्फ जाँदै गरेका श्रीवास्तवलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । भन्सार हुँदै पैदल हिँडेर सीमावर्ती भारतीय सहर रक्सौलतर्फ गइरहेका श्रीवास्तवमाथि शंका लागी चेकजाँच गर्दा ६ किलो लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका श्रीवास्तवलाई थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *