मापदण्ड पुरा गरेर असोज १ गतेदेखि विद्यालय सञ्चालन

डिसी नेपाल
२९ भदौ २०७८ २१:२०

काठमाडौं । ललितपुर महानगरपालिका भित्रका विद्यालयहरुले मापदण्ड पुरा गरेर असोज १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । महानगरले विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ। पठन पाठन सुरु गर्न लाग्दा विद्यालय व्यवस्थापन समितिले अभिभावक र सरोकारवालासँग समन्वय र छलफल गरेको महानगर शिक्षा शाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले बताए ।

उनले भने ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी विद्यालय संचालन गर्नुपर्नेछ।’ विद्यालयहरुले मापदण्ड पुरा गरे नगरेको अनुगमन समितिले अनुगमन गर्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *