प्रदेश १ मा ५ नयाँ मन्त्री नियुक्त

डिसी नेपाल
३० भदौ २०७८ १७:५१

काठमाडौं । १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले ५ नयाँ मन्त्री नियुक्त गर्दै प्रदेश सरकारलाई ८ सदस्यीय बनाएका छन् ।

सरकारमा ३ राज्यमन्त्री समेत नियुक्त गरिएको छ । सरकारमा तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना मन्त्री, हिरा थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

जसमा लिलाबल्लभ अधिकारी आन्तरिक मामिला राज्यमन्त्री, उत्तम बस्नेत उद्योग, वन, पर्यटन राज्यमन्त्री र ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *