संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा त्रिपाठी

डिसी नेपाल
२ असोज २०७८ २२:४०

काठमाडौँ । संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी चयन भएका छन् । आज बसेको मञ्चको साधारणसभाले त्रिपाठीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत, महासचिवमा अधिवक्ता सरोजकृष्ण घिमिरे, सचिवमा अधिवक्ता पवनकुमार जयसवाल निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षको जिम्मेवारी अधिवक्ता रोशन पोखरेलले पाएका छन् भने सदस्यमा अधिवक्ता हर्कबहादुर रावल, अधिवक्ता रोशनी पौड्याल, अधिवक्ता लिलाधर उपाध्याय र अधिवक्ता शर्मिला श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरुको कार्यकाल २ वर्षको हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *