कांग्रेस अधिवेशनःसंस्थापन पक्षबाट इतरपक्षलाई हातपात गरेको भन्दै सानेपामा नारावाजी
काठमाडौं।नेपाली कांग्रेस सर्लाही जिल्लाको क्रियाशील सदस्यतामा असन्तुष्ट जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता कार्यकर्ता धर्नामा रहेको बेला मंगलबार प्रदेश नम्बर–२ का युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हतपात गरेको भन्दै आज कांग्रेस केन्द्रीय कार्यलय सानेपामा धर्ना र नारावाजी भएको छ।
क्रियाशील सदस्यता वितरण विधिसम्वत नभएको भन्दै संस्थापन इतर समूहका नेता कार्यकर्ता धर्नामा बसेको बेला मन्त्री सिंहले महतोलाई हातपात गरेको उनीहरुको आरोप छ। र उक्त भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ। भिडियोमा केही भनाभन भएको जस्तो देखिन्छ। उक्त विवाद प्रदेश मन्त्री र वडाध्यक्षबीच भएको थियो।
यसरी मंगलबार लफडा भएपछि आज उक्त धर्नालाई एक्यवद्धता जनाउन केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह,डा.शेखर कोइराला सानेपा पुगेका छन्। सानेपामा मन्त्री सिंह बिरुद्द ‘गुण्डागर्दी बन्द गर’, ‘कार्यकर्ता कुट्न पाईदैन’, ‘विधिसम्वत क्रियाशील सदस्य वितरण गर’ भन्दै नाराबाजी लगाएका थिए। धर्नाको नेतृत्व केन्द्रीय सदस्य डा.अमरेश कुमार सिंहले लिएका छन्।







डिसी नेपाल








Facebook Comment