भोटेकोशी नदीमा ईभी गाडी खस्यो

डिसी नेपाल
९ साउन २०८३ २१:०९

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित सडकबाट भोटेकोशी नदीमा विद्युतीय (ईभी) गाडी खस्दा चालक बेपत्ता भएका छन्।

शनिबार साँझ ५:४० बजेतिर स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको नम्बर नखुलेको (अनटेस्ट) ईभी गाडी अचानक सडकबाट नदीमा खसेको हो। उक्त दुर्घटनाको दृश्य चिलिमे जलविद्युत् केन्द्रको सीसीटीभी क्यामेरामा कैद भएको थियो, जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गाडीमा चालक मात्र सवार रहेको बुझिएको छ भने उनको हालसम्म पहिचान खुल्न सकेको छैन।

इन्स्पेक्टर डिल्लीराज सापकोटाका अनुसार नदीमा खसेको गाडी र बेपत्ता चालकको खोजीका लागि हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको टोली परिचालन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *