गरिब वर्गका हितमा काम गर्न नसकेकोले नयाँ पार्टी स्थापना गरेँः श्रेष्ठ

डिसी नेपाल
९ असोज २०७८ १७:३७
292
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का नेता जीवनराम श्रेष्ठले विपन्न वर्गको पक्षमा कम्युनिष्ट आन्दोलन केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेकपा एकीकृत–समाजवादी काठमाडौँ महानगरपालिका २७ वडाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेकपाको नेतृत्वमा करिब दुई तिहाइ बहुमतको सरकार गठन भएको भए पनि असंवैधानिक गतिविधि सञ्चालन गरी मजदुर, किसान, गरिब वर्गका हितमा कार्य गर्न नसकेकाले आफूहरुले नयाँ पार्टी स्थापना गरेको बताएका छन् ।

नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत रहनुभएका श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि युवा वर्गको विशेष भूमिका रहेको उल्लेख गर्दै एकीकृत–समाजवादीले पार्टीको नेतृत्वमा ४० प्रतिशत युवालाई सहभागी गराउने नीति लिएको जानकारी दिए ।

वाग्मती प्रदेशसभा सदस्य वसन्त मानन्धरले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा आफ्नो पार्टी क्रियाशील रहने बताउँदै अहिले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा रहेको निजी क्षेत्रको नियन्त्रणलाई न्यूनीकरण गरी सरकारले सर्वसुलभ बनाएर सबै नागरिकको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.