चाडपर्व लक्षित गरेर सहुलियत मूल्यको चामल बिक्री सुरु

डिसी नेपाल
१० असोज २०७८ १९:३०

काठमाडौं। चाडपर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ ।

कार्यालयबाट दैनिक १२/१५ जनाले मात्र खरिद गर्ने गरेको प्रमुख देवेन्द्र राईले बताए । हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ । उनका अनुसार सरकारले यसपटक चामलमा प्रतिकेजी रु पाँच अर्थात आठ प्रतिशत मात्र छुट दिएको छ । कोभिड–१९ का कारण जिल्लामा गरिएको निषेधाज्ञा अवधिभर कार्यालयले २० प्रतिशत छुटमा चामल बिक्री गरेको थियो । सो समयमा दैनिक २०० भन्दा बढी चामल किन्न आउनेको भीड नियन्त्रण गर्न कुपन लागू गर्नुपरेको थियो ।

सरकारले उपभोक्तालाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्रीका लागि अनुमति दिए पनि कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिए । असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री शुरु गरिएको चामल कात्तिक २४ गतेसम्म बिक्री हुने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *