विराटनगरमा व्यवसायीलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
१० असोज २०७८ १९:५७

विराटनगर । उच्चअदालत विराटनगरको गेटमा एक व्यापारीलाई खुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन् । काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका ८ मा बस्दै आएका ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार खुकुरी हानेर एक जना फरार भएका थिए ।

प्रहरीले फरार विराटनगर ६ घर भएका २५ वर्षीय विमल कार्कीलाई प्रहरीले कोसी अस्पतालको गल्लीबाट नियन्त्रणमा लिएको हो । उनी खुकुरी प्रहार गरेर कोसी अस्पतालतिर भागेका थिए ।

खुकुरी प्रहारबाट लामाको हात, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । लामाको उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए ।

अदालतमा प्रवेश गर्दै गर्दा गेटमा कार्कीले लामालाई खुकुरी प्रहार गरेका थिए । लामा मोरङको कटहरी गाउँपालिका( ६ मा रहेको मोरङ राजधानी इँटा उद्योगका लगानीकर्ता हुन् । इँटा उद्योगको विषयलाई लिएर पछिल्लो समय उत्पन्न विवादले घटना भएको प्ररारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसअघि उद्योगका संचालक मोहम्मद साजित रहेका थिए । ुउद्योगमा साजित र उनकी श्रीमतीको ५०र५० प्रतिशत शेयर रहेछ । एसपी जीसीले भने साजितकी श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए । ५० प्रतिशत मात्र शेयरमा बसेका साजितले सो शेयरसमेत पाँच वर्षका लागि लामालाई लिजमा दिएका थिएु, प्रहरी प्रमुख जीसीले भने ।

शेयरबापत लामाले साजितलाई वार्षिक ५० हजार इँटा दिने सहमति भएको थियो । लामाले इँटाको जिम्मा लिएपछि पहिलो पटक इँटा उत्पादन भएको थियो । प्रहरीका अनुसार उक्त उद्योगमा मोहमद साजित, रमेश राजवहाक र कमानसिंह लामा रहेका थिए । उद्योग घाटामा गएपछि तीन जना मिलेर चलाउने सहमति भएको थियो ।

तीन जना मिलेपछि पहिलो पटक इँटा निकालेर बेच्ने तयारी भइरहेका बेला लामामाथि खुकुरी प्रहार भएको छ । किटानी जाहेरी परेपछि मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । अर्का व्यवसायी साजित मोहमदलाई पनि पक्राउ परिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *