राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री खड्काले गरे अतिवादको निन्दा

डिसी नेपाल
१२ असोज २०७८ ८:००
212
Shares

काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सम्बोधन गर्दै अतिवादको निन्दा गरेका छन्। शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धनका लागि नेपालले विगत ६३ वर्षदेखि राष्ट्रसंघमा योगदान पुर्‍याएको चर्चा गर्दै पराष्ट्रमन्त्री खड्काले जुनसुकै प्रकार र स्वरुपका अतिवादको नेपालले निन्दा गर्ने बताए।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले उल्लेख गरेअनुसार परराष्ट्र मन्त्री खड्काले मानव अधिकारको प्रवर्द्धन र रक्षामा पनि जोड दिए। उनले कोभिड-१९ विरुद्धको खोप सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान ढंगबाट पाउनुपर्ने बताए।

मावन जीवन रक्षाका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै खड्काले कोभिडले कारणले देखिएको चुनौतीलाई सम्बोधन गर्न राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय सामुदायले देखाएको सहयोगको प्रशंसा गरे। बाधा र चुनौतीका बाबजुत नेपालले २० प्रतिशत नेपालीलाई खोप लगाएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.