जितेन्द्र सोनल लोसपा प्रदेश दुईको संसदीय दलको नेतामा निर्वाचित
काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित भई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) को प्रदेश दुईको संसदीय दलको नेतामा जितेन्द्र प्रसाद सोनल निर्वाचित भएका छन्।
सोमवार साँझ भएको निर्वाचन मार्फत सोनल संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।केन्द्रीय नेताहरुले सर्वसम्मतीबाट दलको नेता चयन गर्ने प्रयास गरेपनि सहमति हुननसकेपछि निर्वाचन भएको हो।
कुल १६ सांसद रहेको लोसपामा ९ मत ल्याई सोनल विजयी बनेका हुन्। उनीसंग प्रतिस्पर्धामा रहेका सांसद उपेन्द्र महतोले ६ मत ल्याएका थिए। बारा क्षेत्र ४ को प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित सांसद सोनल यसअघि पनि तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल प्रदेश २ को संसदीय दलको नेता थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment