महिलालाई बन्धक बनाइ बलात्कार गरेको आरोपमा दम्पत्ती पक्राउ

डिसी नेपाल
१२ असोज २०७८ १६:०२

काठमाडौं । एउटा महिलालाई कोठामा बन्धक बनाइ बलात्कार गरेको आरोपमा काठमाडौंको बानेश्वरबाट एक दम्पत्ती पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त वानेश्वरले काठमाडौं महानगरपालिका–१० बानेश्वरको कात्यानी चोकमा डेरा गरी बस्ने मोरङको विराटनगर महानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मा र उनकी श्रीमती ३८ वर्षीय नितु शर्मालाई पक्राउ गरेको हो ।

उनीहरुले एक महिलालाई आफ्नो कोठामा बन्धक बनाएर राखेको र बन्धक बनाएका बेला निरजले महिलामाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दम्पत्तीमाथि थप अनुसन्धान भैरहेको वानेश्वर वृत्तमा डिएसपी मिमबहादुर लामाले बताए । उनका अनुसार उजुरी गर्ने र पक्राउ पर्ने दुवै एकै ठाउँका भएकाले थप अनुसन्धान भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *