८ हजार २१९ परीक्षण गर्दा ८६७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा ८ हजार २१९ जनाको परीक्षण गर्दा ८६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार १२३ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५९६ पीसीआर परीक्षण गर्दा ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ६२१ परीक्षण गर्दा २०८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ९ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment