देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बर्दियाका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका-१२ रोडशेषबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ प्रगतिटोलबाट दुई जना र ललितपुरको गोदावरी नगरपालिका-१४ बाट एक जना पक्राउ परेका छन्।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-३ बाट दुई जना, धनुषाको जनकपुर उपमहानगरपालिका-१ बाट एक जना, दाङको घोराही उपमहानगरपालिका–१४ बाट एक जना र बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ।
पक्राउ परेका सबैजनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment