१० हजार ९२० परीक्षण गर्दा ६७९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १० हजार ९२० जनाको परीक्षण गर्दा ६७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ४०५ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७० पीसीआर परीक्षण गर्दा ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८५० परीक्षण गर्दा १०५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ७ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment