भारतबाट आउन १० लाख डाेज खाेप दशैँ अघि आउने
काठमाडौं । भारतबाट ल्याउन बाँकी कोभिसिल्ड खोपको १० लाख मात्रा नेपाल आउने भएको छ। भारताके सिरम ईन्स्टिच्यूटले बाँकी रहेको खोप केही हप्ताभित्र नेपाललाई दिने भएको हो।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. सागर दाहालका अनुसार सिरमले दुई हप्ताभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने औपचारिक जानकारी दिएको हो। उक्त खोप दशैं अघि नै नेपाल आउने भएको छ।
सरकारले भारतसँग २० लाख डोज खोप खरिद गरेको थियो। भारतमा पनि कोरोनाको महामारी बढ्न थालेपछि पहिलो प्राथमिकता आफ्नो देश भन्दै भारतले खोप निर्यातमा रोक लगाएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment