भोटेकोशी बाढी: उद्धार, राहत र पुनर्निर्माणका लागि नेकपाद्वारा २४ बुँदे विशेष प्रस्ताव पारित

डिसी नेपाल
२२ भदौ २०८३ ६:३७

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा देखिएका चुनौतीबारे गहन छलफल गर्दै उक्त प्रस्ताव पारित गरेको हो।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्ति अनुसार, पारित प्रस्तावमा बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउने, तत्काल राहत वितरण गर्ने, अस्थायी आवास निर्माण तथा स्थायी पुनर्स्थापना गर्ने र अवरुद्ध अत्यावश्यक सेवा तथा पूर्वाधारहरू पुनःसञ्चालन गर्ने विषय प्राथमिकताका साथ समेटिएका छन्।

यसका साथै, दीर्घकालीन विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै सुरक्षित आवास योजना, विस्तृत जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोषको स्थापना, पूर्वसूचना प्रणालीको विकास, द्रुत प्रतिकार्य टोली गठन र अन्तर्राष्ट्रिय जलवायु न्याय जस्ता महत्त्वपूर्ण विषयहरूलाई समेत २४ बुँदे प्रस्तावमा समावेश गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *