कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्षका ४ र देउवा पक्षका ३ सभापति विजयी
काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सात जिल्लाको परिणाम सार्वजनिक भएको छ। सोमबार बिहानसम्मको जिल्ला अधिवेशनको नतिजा अनुसार सस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट तीनजना सभापति विजयी भएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट चारजना जिल्ला सभापति विजयी भएका छन्। संस्थापन पक्षले मनाङ, हुम्ला र ताप्लेजुङको सभापति जितेको छ। पौडेल पक्षले मुस्ताङ, रुकुम पूर्व, कालीकोट र संखुवासभामा सभापति जितेको छ।
संखुवासभामा पौडेल पक्षका दीपक खड्काले देउवा पक्षका राइमान राईलाई भारी मतान्तरले पराजित गरेका छन्। संखुवासभामा कुल खसेको एक हजार ३४९ मतमा खड्काले एक हजार १८९ र राईले ११० मत मात्रै प्राप्त गरे।
दोलखामा पौडेल पक्षका बर्मा लामा पहिलो र कृष्ण सिटौला पक्षका तारा खड्का दोस्रो हुँदा देउवा पक्षका रुद्रबहादुर खड्का तेस्रो भएका छन् । दोलखामा सभापति चयनका लागि लामा र खड्काबीच आज १२ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।
देउवा पक्ष :
मनाङ– शंकर गुरुङ
हुम्ला–मोहनविक्रम सिंह
ताप्लेजुङ–गजेन्द्रप्रसाद तुम्याहाङ
पौडेल पक्ष :
मुस्ताङ– रोमी गौचन थकाली
रुकुम पूर्व– केशरमान रोका
कालीकोट– अम्मबहादुर शाही
संखुवासभा– दीपक खड्का
No ads found for this position


डिसी नेपाल
Facebook Comment