कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख रहेको नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ।
कोभिड संक्रमण भई अस्पताल भर्ना भएका नेता खड्कामा निमोनिया देखिएको र अहिले अवस्था सुधारोन्मुख रहेको सोमबार जारी प्रेस नोटमा उल्लेख छ।
खड्का गत मंगलबार अस्पताल भर्ना भएका थिए । उनको रक्तचाप, पल्स, अक्सिजनको लेबल सबै सामान्य रहेको अस्पतालले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment