कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख

डिसी नेपाल
१८ असोज २०७८ १४:०४
132
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख रहेको नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ।

कोभिड संक्रमण भई अस्पताल भर्ना भएका नेता खड्कामा निमोनिया देखिएको र अहिले अवस्था सुधारोन्मुख रहेको सोमबार जारी प्रेस नोटमा उल्लेख छ।

खड्का गत मंगलबार अस्पताल भर्ना भएका थिए । उनको रक्तचाप, पल्स, अक्सिजनको लेबल सबै सामान्य रहेको अस्पतालले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.