३३ किलो सुनकाण्डमा फसाइएका डिआईजी लोहनीसहित सबै प्रहरीले पाए सफाई

डिसी नेपाल
१९ असोज २०७८ १६:३५

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा आरोपित ६३ जनाविरुद्ध मुद्दा दर्ता भए पनि हाल सबै प्रहरीले सफाई पाएका छन् ।

डीआईजी दीवेश लोहनीसहितका तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।
मंगलबार जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले सफाई दिएको हो ।

विमानस्थलबाट माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *