रविलाल पन्थ सचिवमा बढुवा

डिसी नेपाल
१९ असोज २०७८ १८:५५

काठमाडौँ । सरकारले प्रशासन सेवातर्फका सहसचिव रविलाल पन्थलाई मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको छ । पन्थलाई विशिष्ट श्रेणीमा बढुवा गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले असोज १२ गते अनिवार्य अवकाशमा गएसँगै रिक्त एक सचिवमा पन्थको बढुवा भएको हो । पन्थको नाम यस अघि २ पटक बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस भइसकेको थियो । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा तीन सहसचिवको नाम बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस हुने गरेको भए पनि जेष्ठताको आधारमा भने पन्थको नाम मात्र सिफारिस भएको हो । उनी हाल लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवका जिम्मेवारीमा छन् ।

यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ भने ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्यमा कानुन मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मी नियुक्त भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *