हमाल कांग्रेसका पुरानो नेता भएकाले नै मन्त्री बनाइएको होः मन्त्री रेग्मी

डिसी नेपाल
२३ असोज २०७८ १६:१३
20
Shares

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री रेग्मीले भनिन् “उहाँँले पार्टीलाई पु¥याउनुभएको योगदानको कदर गर्दै मन्त्रीको जिम्मेवारी दिइएको हो ।”
मुलुकमा बढ्दो महिला हिंसाका घटनाप्रति आफू अत्यन्त गम्भीर रहेको बताउँदै उनले ज्येष्ठ नागरिकले घरमा ससम्मान बाँच्नसक्ने तुल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। विदेशमा अपाङ्गता भएका व्यक्तिको जिम्मा राज्यले लिएको उल्लेख गर्दै मन्त्री रेग्मीले नेपालमा पनि उनीहरुको अधिकार प्राप्तिका लागि ध्यान दिनेछु भनिन् ।

उनले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितका लागि खोपको व्यवस्था गर्ने कार्यलाई आफूले प्राथमिकतामा राखेको बताइन्। अहिले पनि देशका दूरदराजमा रहेका बालबालिका कुपोषणबाट ग्रसित रहेको उल्लेख गर्दै उनीहरुको जीवनरक्षा र पढ्न पाउनुपर्ने अधिकारको रक्षाका लागि पनि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *