मुगु दुर्घटना अपडेटः मृतकको संख्या २३ पुग्यो, घाइतेलाई अस्पताल लगिँदै

डिसी नेपाल
२६ असोज २०७८ १५:५२
2.1k
Shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । घाइते १८ जनालाई सेना प्रहरी तथा स्थानीयले उद्धार गरेर अस्पताल लगिँदै छ । केही घाइतेलाई नेपालगन्ज र काठमाडौं रिफर गर्न हेलिकोप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । बसमा करिब ७० जना यात्रु रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.