थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

डिसी नेपाल
२६ असोज २०७८ १७:१२
96
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा ९ हजार ६१५ जनाको परीक्षण गर्दा ७९२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ९१० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ५५९ परीक्षण गर्दा १०१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १४ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ जना रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *