पछिल्ला सडक दुर्घटनामा भएका घाइतेलाई सरकारले निःशुल्क उपचार गर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचारको घोषणा गरेका छन् ।
सामाजिक सञ्जारमार्फत प्रधानमन्त्री देउवाले सडक दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका छन् ।
पछिल्ला दुर्घटनाबारे सरकारको ध्यानाकर्षण भएको जनाउँदै उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक तथा निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment