चितवनमा मात्र दसैँ अवधिमा भएका दुर्घटनामा परि नौ जनाको मृत्यु

डिसी नेपाल
३१ असोज २०७८ १५:०५

चितवन । जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ।

यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए। २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ।

सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए। दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए। मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए।

तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उनले बताए। जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उनको भनाइ छ। चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उनको भनाइ छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *