गत २४ घण्टामा ३ सय ९१ जना काेराेनाका संक्रमित थपिए

डिसी नेपाल
३१ असोज २०७८ १६:५१
416
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हिजोको तुलनामा यो संख्या बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ नमुनामध्ये ६ हजार नौ सय ६६ पीसीआर परीक्षण गर्दा तीन सय ८५ जना र १ हजार एक सय ११ एन्टिजेन परीक्षण गर्दा ६ गरी तीन सय ९१ जनामा संक्रमण पुष्टि भएको हो। शनिबार जम्मा एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने छ सय ८० जना निको भएका छन्। अहिले सक्रिय संक्रमित १२ हजार दुई सय ९७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.