भेन्टिलेटरमा उपचाररतको सङ्ख्या शुन्य

डिसी नेपाल
१ कार्तिक २०७८ १३:४४
156
Shares

तनहुँ । जिल्लामा कोरोना सङ्क्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको सङ्ख्या शून्य दरमा झरेको छ। जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

कोरोना पोजेटिभ भई हाल होम आइसोलेसमा रहेका ७५ जना रहेका छन्। जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा ३०, शुुक्लागण्डकीमा १९, भिमादमा नौ, म्याग्देमा सात, भानुमा पाँच, बन्दीपुरमा दुई र देवघाट, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा एक÷एक जना रहेका छन्।

आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। व्यास नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिका–९, भिमाद नगरपालिकामा तीन, म्याग्दे गाउँपालिकामा चार, ऋषिङगाउँपालिकमा एक जना रहेका छन्। जिल्लाको घिरिङ गाउँपालिकमा भने कोरोनाको सङ्ख्या दर शुन्य रहेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.