उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

डिसी नेपाल
४ कार्तिक २०७८ २२:१२
100
Shares

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्  ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *