सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

डिसी नेपाल
२४ साउन २०८३ १९:१९

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको ठाउँको स्थलगत अवलोकन गरेका छन्।

मुख्यमन्त्री आचार्यले आज सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए। सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने उनले बताए। उनले अस्थायी बाँध निर्माणका लागि आवश्यकपर्ने तारजाली, बोरालगायत सामग्री उपलब्ध गराइने उल्लेख गरे।

सो अवसरमा मुख्यमन्त्री आचार्यले सुस्तामा तटबन्ध निर्माणको काम गरिरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका आयोजना इन्जिनियर बेलबहादुर विश्वकर्मालाई तटबन्ध निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए।

सुस्तामा नदीको कटानबाट जोगाउन स्थानीय र सुरक्षाकर्मी दिनरात खटिएका सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवलले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *