लुम्बिनी प्रदेशसभा बैठक स्थगित

डिसी नेपाल
८ कार्तिक २०७८ १६:०१

काठमाडौं।एमालेको वडा र स्थानीय तहको अधिवेशनका कारण लुम्बिनी प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगीत भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका लागि बोलाएको बैठक स्थगित गरिएको हो ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा बैठक स्थगित गरिएको बताए । अबको बैठक यही ११ कात्तिक बिहीबारका लागि तोकिएको छ । यसअघि पनि एमालेको विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *