माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते
गण्डकी। काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
गण्डकी प्रदेश०१-००१ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा परेको माइक्रोबसमा चालकसहित १२ जना यात्रु सवार रहेकामा चार जना सकुशल रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment