कुमारी बैंकले ल्यायो दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१० कार्तिक २०७८ ११:४४
104
Shares

काठमाडौं। कुमारी बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बैंकले बुधबार सूचना जारी गर्दै सो सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नसमेत आह्वान गरेको छ ।

सो सेयरको मूल्य भने खुलाइएको छैन। सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । बैंकले तोकेको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.