प्रधानन्यायाधीशविरुद्ध आन्दोलन तय गर्न बारको बैठक बस्दै

डिसी नेपाल
१२ कार्तिक २०७८ ८:२६
72
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो। तर, जबराले बिहीबार साँझ प्राइम टाइम टिभीमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ। त्यसअनुसार जान मलाई मञ्जुर छ। तर, सडकबाट आवाज उठ्दैमा राजीनामा दिँदैन।’

जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *