प्रधानन्यायाधीश र न्ययायाधीशको विवाद छिनोफानो गर्न आज वार्ता

डिसी नेपाल
१५ कार्तिक २०७८ १०:१६
44
Shares

काठमाडौं। प्रधानन्यायाधीश र न्यायाधीशबीच विवाद भएपछि सर्वोच्च अदालतमा सृजना भएको गतिरोधको अन्त्य गर्दै विवादको छिनोफानो गर्न आज वार्ता हुँदैछ । सर्वोच्चमा न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग विद्रोह गरेर इजलास बहिष्कार गरेपछि सुरु भएको गतिरोधको अन्त्यका लागि प्रधानन्यायाधीशले न्यायाधीशहरुको सानो समूहसँग वार्ता गर्ने प्रस्ताव पठाएका थिए ।

आइतबार प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक बहिर्गमन चाहेको बताएका थिए । प्रधानन्यायाधीशले न्यायाधीश मनोकुमार शर्मामार्फत आफू सम्मानपूर्वक बाहिरिन चाहेको र यसका लागि वार्ता गर्न चाहेको प्रस्ताव पठार्एका थिए । सोही अनुसार न्यायाधीशहरुले वार्ता टोली गठन गरेका छन् ।

वार्ता समूहमा न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, मनोज शर्मा रहेका छन्। वार्तामा न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई सिधै राजीनामा दिन नभन्ने तर मार्ग प्रशस्त गरिदिन भन्ने तयारी गरेको वार्ता टोलीका एक सदस्य न्यायाधीशले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *