मुख्यमन्त्री बनिनसक्दै केक काटेर, बियर उडाएर उत्सव मनाए राईले

डिसी नेपाल
१६ कार्तिक २०७८ ८:५९
2.3k
Shares

सुनसरी । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन्।

पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन्।

इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रममा राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटेका हुन्। उनले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ। त्यहाँ उनले केक काटेर बियर उडाएका छन्।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनसक्दै स्याम्पेन फोडेर खुसीयाली मनाएका हुन्।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले स्याम्पेन फोडेको पनि देख्न सकिन्छ। तर, उक्त भिडियो केही समयमै डिलिट गरिएको छ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले आज राजीनामा दिएका छन्। आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गरेका छन्।

विशेष स्रोतबाट प्राप्त भिडियोमा यो विषयमा सार्वजनिक नगर्नु भन्न सम्म भ्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.