यसरी झाँगिएकाे थियाे निक र प्रियंकाबीचकाे प्रेमसम्बन्ध
प्रियंका चोपडा र निक जोनस भोग म्यागाजिनलाई दिएको एउटा अन्तरवार्ता अहिले भाइरल भइरहेको छ, जसमा उनीहरुले आफ्नो अफेयरका बारेमा खुलेर बताएका छन् ।यो म्यागाजिनको जनवरी अंकको लागि प्रियंकाले फोटोशुट गराएकी थिइन् । यसै क्रममा यो जोडीले आफ्नो प्रेमकहानीका बारेमा खुलेर बताएको थियो ।
पहिलो भेट भोग म्यागाजिनका अनुसार निकले क्वांण्टिकाे श्रृंखलामा काम गर्ने प्रियंकाका सह कलाकार ग्राहम रोजर्स लाई म्यासेज पठाएका थिए ।
निकले म्यासेजमा लेखेका थिए, ‘प्रियंका निक्कै सुन्दर छिन् ।’ सन २०१६ को सेप्टेम्बरमा निकले प्रियंकालाई पहिलोपटक ट्विटरमा ‘हाम्रा केही साझा साथीहरुले हामी भेट्नुपर्ने सल्लाह दिइरहेका छन्’ भनेर लेखेका थिए ।
यो म्यासेजको जवाफ प्रियंकाले दिइन् । उनले लेखेकी थिइन्, ‘यो म्यासेज मेरो क्वांण्टिकोको टिमले पढ्न सक्छ, त्यसैले फोन गरेको राम्रो ।’ म्यागाजिनका अनुसार सन् २०१७ मा निक र प्रियंकालाई डिजाइनर राल्फ लरेनले ‘मेट गाला’ मा आमन्त्रित गरे । यसभन्दा अघि यी दुवै एउटा ड्रिंक पार्टीमा न्यूयोर्कमा भेट भएका थिए । यो भेटपछि प्रियंकाले निकलाई आफ्नो घरमा बोलाएकी थिइन् । घरमा उनकी आमा मधु चोपडा टिभीमा ल एण्ड अर्डर भन्ने सिरियल हेरिरहेकी थिइन् । प्रियंकाले त्यतिबेला आफूहरुबीच केही घण्टा गफगाफ भएको बताइन् ।
निकले ग्रीसमा प्रेम प्रस्ताव राखेका थिए:निक र प्रियंकाको तेस्रो भेटमा निकले प्रियंका नै आफूले विवाह गर्न चाहेको केटी भएको ठहर गरे । निकले आफूले प्रियंकालाई उनको बर्थडेमा प्रोपोज गरेको बताएका छन् । उनले प्रियंकालाई ग्रीसमा प्रोपोज गरेका थिए । निकले प्रियंकाका लागि एक हप्ता अगाडि नै औंठी किनेका थिए ।
उनले घुँडा टेकेर प्रियंकालाई भने, ‘ के म यो औंठी तिम्रो औंलामा लगाइदिन सक्छु ? के म तिमीसँग विवाह गरेर दुनियाँकै सबैभन्दा भाग्यमानी व्यक्ति बन्न सक्छु ?’ करिब ४५ सेकेण्डको सन्नाटापछि प्रियंकाले प्रस्ताव स्वीकारेकी थिइन् ।त्यसै बेला निकका दाजु जो जोनसले निक र प्रियंकाका बारेमा एउटा अन्तरवार्तामा यसो भनेका थिए, ‘जब सार्वजनिक स्थलमा निकले प्रियंकालाई मेट गाला अवार्डमा देखेपछि क्लिन बोल्ड भएका थिए ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment