अभिनेत्री भन्छिन् ‘क्रिकेटर महेन्द्र सिंह धोनीका कारण बदनाम भएँ’

डिसी नेपाल
३१ भदौ २०८३ १४:५६

काठमाडौं । क्रिकेटरहरूको अभिनेत्रीहरूसँगको सम्बन्ध चर्चामा आउनु सामान्य कुरा मानिन्छ। दक्षिण भारतीय अभिनेत्री राय लक्ष्मीको नाम एक समय भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीसँग जोडिएको थियो। उनीहरू बीचको प्रेम सम्बन्धको खबर निकै भाइरल बनेको थियो।

राय लक्ष्मीको फिल्मी यात्रा त्यति विशेष रहन सकेन। तर धोनीसँग नाम जोडिएपछि उनी निकै चर्चामा आइन्। राय लक्ष्मी डेटिङका हल्लाहरूका अलावा आफ्नो बोल्ड व्यक्तित्वका कारण पनि छाइरहिन्।

एक समय यस्तो थियो जब धोनी र उनको प्रेम सम्बन्धको खबर मिडियाको मुख्य समाचार बन्ने गर्दथ्यो। तर ब्रेकअप भएपछि कसैले पनि यसबारे प्रतिक्रिया दिएका थिएनन्।

धोनीले त यस सम्बन्धमा कहिल्यै केही बोलेनन्। तर राय लक्ष्मीले सन् २०१४ मा धोनीसँगको प्रेम सम्बन्ध स्वीकार गरेकी थिइन्।

प्राप्त जानकारी अनुसार सन् २००९ मा धोनी र राय लक्ष्मी प्रेम सम्बन्धमा बाँधिएका थिए। तर यो सम्बन्ध लामो समय टिक्न सकेन। ब्रेकअपपछि पनि मानिसहरूले राय लक्ष्मीको नाम धोनीसँग जोडिरहन्थे।

यी कुराहरूबाट राय लक्ष्मी दिक्क हुने गर्दथिन्। एक अन्तर्वार्तामा धोनीसँग जोडिएको प्रश्न सोध्दा उनी आक्रोशित भएकी थिइन्। धोनीसँगको नाम जोडिने हल्लाले राय लक्ष्मीलाई यतिसम्म प्रभावित बनायो कि उनले यो सम्बन्धलाई ‘दाग’ सम्म भनेकी थिइन्।

अन्तर्वार्तामा राय लक्ष्मीले भनेकी थिइन्— ‘मानिसहरूका प्रश्नहरू सुनेपछि मलाई यस्तो लाग्यो कि धोनीसँगको मेरो सम्बन्ध कुनै दाग जस्तै थियो, जुन लामो समयसम्म मँगै रहिरह्यो।’

‘मानिसहरू अझै पनि हाम्रो सम्बन्धबारे कुरा गरेर आफ्नो ऊर्जा खर्च गर्छन् भन्ने कुरा सोच्दा अचम्म लाग्छ। धोनीका विगतका सम्बन्धहरूको जब पनि कुरा आउँछ, मेरो पनि चर्चा हुने गर्छ,’ उनले थपेकी थिइन्।

‘यी सब देखेर मलाई लाग्थ्यो, भोलि मेरा बालबच्चा हुनेछन् र उनीहरूले यस्ता समाचार देखे भने मलाई के सोध्नेछन्?’

कामको कुरा गर्दा राय लक्ष्मीले ‘जुली २’, ‘अर्जुन सिंह’, ‘आईपीएस ब्याच २०००’, ‘अकिरा’ जस्ता चलचित्रहरूमा काम गरेकी छन्। उनी कैयौँ टेलिभिजन सिरियलहरूमा पनि देखिएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *