अमेरिकाबाट ‘नुन चिनी पानी’ को देउसी, वेथितिप्रति कडा व्यङ्ग्य (भिडियोसहित)
न्यूयोर्क । अमेरिकाबाट सन्चालित ‘नुन चिनी पानी’ का कलाकारहरुले समसामायिक बिषयमा खरो व्यङ्ग्य देउसी प्रस्तुत गरेका छन । नुन चिनी पानी आफैंमा पखालाको औषधी भएको र व्यङ्ग्यमार्फत देश र समाजमा लागेका अनेकन पखालाहरुलाई निको पार्न प्रयास गरेको नुन चिनी पानीका प्रमुख अभियन्ता अर्जुन दाहालले बताए ।

तितो सत्य टेली श्रृंखलामा लामो समय काम गरिसकेका कलाकार गोपाल अधिकारी ( ट्वाकेन्द्र) ले निर्देशन गरेको सो व्यङ्ग्य देउसी “झिलिमिली झिलिमिली –देउसी रे“ बाट सुरु गरिए पनि पछि गएर बिभिन्न बिषयमा तिरिमिरी तिरिमिरी पार्ने गरी तयार परिएको छ । झाँक्रीको हल्लादेखि राजनीतिका चल्लाहरुलाई छोडिएको छैन । सभामुखदेखि ओली राजका कुरा मज्जासँग उठाईएको छ ।
आहै सडक र सदन्
आहै पुष्पलाल मदन्
आहै नाम बेची खायो
आहै केपी बाद आयो
“एमाले पार्टी, खुस्कियो काँटी“भनेर एमाले र केपीलाई व्यङ्ग्य गरेको सो देउसीले माधब नेपालको पार्टीलाई बोको न पाठी भनेर संज्ञा दिएको छ । प्रचण्ड र बाबुरामलाई पनि बाँकी नराखेको सो व्यङ्ग्य देउसीमा पाँच पार्टीमाथि आदालत थपेर ६ पार्टी बनाइएको छ । पूर्व मन्त्री हमाल पनि ब्यंग्यका पात्र बनेका छन् यसपटक ।
बार बुंदे सम्झौतामै खोट थियो भनेर ‘हैन कि ?’ भन्दै दर्शक स्रोतालाई पनि यो देउसीले प्रश्न गरेको छ । मधेसबादीदेखि बिबेकशील पार्टीलाई समेत नछोडेको यो देउसी एन आर एन संस्थामाथि नराम्ररी खनिएको छ । भ्रष्टाचार , दलाली र पैसावालको पञ्जामा पुगेको एनआरएनए मर्ने अवस्थामा पुगेको, बाहिर हनुमानले लंका जलाए पनि काेइलो चाहि कोठामा भएको गम्भीर बिषय ब्यंग्यले उठाएको छ । सामाजिक सन्जालमाथिको बिकृति, महानायक बिबादका कुरा राख्दै अगाडि बढेको देउसी अन्तिममा आफ्ना दर्शकलाई भाबुक बनाउन उद्दत देखिन्छ ।
उखु किसानका बिषयदेखि धान डुबानका कुरा, बिदेशिएका नेपालीका पिडादेखि गाउघरमा फोटोमात्र हेरेर बास्न बाध्य बाबु आमाको कुरा देउसीले उठाएको छ ।
नुन चिनी पानी का परिकल्पनाकार अर्जुन दाहालले लेखेको सो ब्यंग्य देउसीको संगीत संयोजन कलाकार तथा नुन चिनी पानीका अभियन्ता केशब दाहालले गरेका छन् । अन्य कलाकारहरुमा जयकुमार राई, चम्पा राई,भद्र राई, उर्मिला भट्टराई, गीता अधिकारी ( आमा) ,हरिप्रसाद उपाध्याय छन् भने भिडियो रेकर्ड प्रमोद प्रधानले गरेका छन् । डिसी नेपालको फेसबुक पेजबाट प्रसारित भएको सो देउसीको सम्पादन भने अशांक दाहाल गरेका छन् ।

अन्त्यमा आमाले सबैलाई मिलेर बस्नु भन्ने सन्देशसहितको दान दक्षिणापछि गोपाल अधिकारीले पत्रकार कलाकारको बुद्धि फिरोस भन्दै जहाँ भए पनि राष्टिृयता मर्नु नहुंने आशिष दिए । सबैले कोरोनाको खोप लाउन पाउँन भन्ने मुख्य आशिष का साथ देउसी सकिएको छ ।
आहै जनताले दुष्ट
आहै भगाउन पाउन्
आहै कोभिडको खोप
आहै लगाउन पाउन ।
अमेरिकाका बिभिन्न ठाउँबाट अन्लाइनमार्फत सो देउसीलाई सहयोग गरेको र जती रकम उठ्छ सो रकम लक्ष्मी प्रतिष्ठानका चेपाङ्ग बाल बालिकाको सहयोगमा पठाउने कुरा भने सो देउसीका बिशेष सहयोगी माधब आत्रेयले बताए ।







डिसी नेपाल








Facebook Comment