समाजवाद पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्छः मन्त्री भुसाल

डिसी नेपाल
२७ कार्तिक २०७८ २०:५२
16
Shares

काठमाडौं ।राज्यले निर्दिष्ट गरेको समाजवादको बाटो पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वास व्यक्त गरेकी छिन् । उनले सहकारीलाई संविधानले प्रमुख आर्थिक अङ्गका रुपमा स्वीकार गरेको बताए ।

ललितपुरको हात्तीवनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक शेयर सदस्य सम्मान समारोहमा उनले अर्थसामाजिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले संस्कृति र संस्कारलाई पनि सहकारीले पुस्तान्तरण गर्न सहयोग गरेको उल्लेख गरे । सामाजिक न्यायका लागि आफू राजनीतिमा आएको बताउँदै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई फाइदा पुग्नेगरी २० युनिटसम्म खपत गर्ने जनतालाई निःशुल्क ऊर्जा उपलब्ध गराएको स्पष्ट पारे ।

उनले भने, “बीस युनिट बाल्ने २६ लाख घरपरिवार अर्थात् एक करोड ३० लाख बढी नेपाली जनताले फाइदा पाउने गरी निर्णय लिइएको छ । जुन आधारभूत जनताका लागि राहत हुनेछ ।” विद्युत्को महशुलदर घटाएको स्वदेशी खपत बढाउने नीति लिएको उल्लेख गर्दै मन्त्री भुसालले भने, “हाम्रै पानीबाट उत्पादन भएको विद्युत् प्रयोग गरौँ, डलर तिरेर ल्याएको एल्पी ग्यास प्रयोग कटौती गरौँ ।”

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *