प्रधानन्यायाधीशले घरबाटै गठन गरे आफूबाहेकका १० इजलास

डिसी नेपाल
२८ कार्तिक २०७८ १०:४९
248
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेकका १० वटा इजलास गठन गरेका छन्। नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच जबराले आइतबारका लागि १० वटा इजलास घठन गरेका हुन्।

नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन्। उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन्।

नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजास नबस्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *