प्रभु साहको निर्वाचन क्षेत्रमा हुने प्रचण्डको कार्यक्रमा स्थगित
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रभु साहको निर्वाचन क्षेत्रमा हुने कार्यक्रम स्थगित भएको छ।
रौतहट–३ स्थित कटहरियामा २९ कात्तिकमा हुने कार्यक्रम प्रचण्डको स्वास्थ्य अवस्थाका कारणले अन्तिम समयमा आएर स्थगित भएको पार्टी जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए।
‘अध्यक्षज्यूको स्वास्थ्य अवस्थाका कारण कटहरियाको कार्यक्रम अन्तिम समयमा स्थगित गर्न बाध्य भएका छौं’ पटेलले भने। उनका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था ठिक भएपछि पुनः कार्यक्रमको आयोजना गरिनेछ।
उच्च रक्तचापका कारण प्रचण्ड शनिबार साँझदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। कटहरिया माओवादी परित्याग गरेका प्रभु साहको निर्वाचन क्षेत्र हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment