बक्सिङको सम्भावना राम्रो छः प्रधानमन्त्री देउवा

डिसी नेपाल
१ मंसिर २०७८ २२:५७
360
Shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले आज साँझ गरेको भेटमा प्रधानमन्त्री देउवाले सम्भावना बोकेको खेला भएकाले स्तरोन्नतिका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुष्पराज पन्तका अनुसार सङ्घको निमन्त्रणामा महासङ्घका अध्यक्ष उमरसहित छ सदस्यीय टोली नेपाल आएका हुन् । भेटका क्रममा महासङ्घका अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्नसक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उमरको टोली तीन दिनसम्म नेपालमा रहने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *