राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा

डिसी नेपाल
७ साउन २०८३ १४:००

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्।

बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन्।

कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका थिए।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको सांगठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *