बाहिर वकिल कुटिए, भित्र मुद्दा छिनिए

डिसी नेपाल
२ मंसिर २०७८ १३:१९
652
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धर्नामा बसेका कानुन व्यवसायीले सर्वोच्चको गेटमै कुटाइ खाइरहेका बेला दुई जना न्यायाधीश भने इजलासमा बसेर धमाधम मुद्दा सुनुवाइ गरेका छन्।

नेपाल बार एसोसिएसनले बहस नगर्ने घोषणासहित मुल गेटमा आन्दोलन चर्काइरहेका बेला न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुडालले भने सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन्।

प्रहरीको कुटाइबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएपछि नेपाल बार यतिबेला आकस्मिक छलफलमा छ। तर, जबराले तोकेको इजालास नम्बर सातमा न्यायाधीशद्वयले सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन्।

सर्वोच्च अदालतका अनुसार तामेलीमा राख्न पेसी चढेका सातवटा रिट निवेदनलाई न्यायाधीशद्वयले तामेलीमा राख्ने आदेश दिएर बेञ्चबाट उठेका छन्।

उनीहरू बुधबारबाट इजलास फर्किएका हुन्। मुद्दामा आदेश जारी गरेका उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी हुने भन्दै पेसीमा रहेका अन्य मुद्दा हेर्न नभ्याउने भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *